Below Menu
Below Menu

नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने

नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्नेछ ।

जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ । कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्नेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्।

Advertisment

थप समाचार