काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजगतेदेखि बिक्रीमा राखेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।
बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले फागुन ९ गतेभित्र आवेदन दिनुपर्ने छ ।
बैंकको सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १ लाख २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको । बैंकको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
Advertisment