Below Menu
Below Menu

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सुरु

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सुरु

काठमाडौं : बबरमहलमा रहेको मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।

नेपाल बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार खानेपानीको पाइप फुटेको थियो । पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो ।

बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सरसफाइइसँगै मर्मत सुरु गरेको हो ।

 

Advertisment

थप समाचार