७.२६ अंकले घट्यो नेप्से परिसूचक

७.२६ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : नेप्से परिसूचक ७ दशलमव २६ अंकले घटेर २ हजार ६ सय ७८ को विन्दुमा आईपुगेको छ ।

Sponsored Advertisement

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन (बुधबार) ८ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०२ स्टकको ७८ हजार ८३५ पटकको कारोबारमा ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँबराबरको १ करोड ५८ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज कुमारी सबल योजनाको इकाई, मातृभूमि लघुवित्त वित्तीय संस्था, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको शेयर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।

यता न्यादी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य यस दिन ८६ रुपैयाँ ८० पैसा घटेर ७८१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।  आज ७६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ ।

थप समाचार