काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूले सेयर बिक्रीमा राखेका छन् । कम्पनीका ५ जना संस्थापक सेयरधनीले ३ लाख ३३ हजार १८८ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
जसमा प्रतिकित्ता १८० रुपैयाँका दरले सन्दीप खेतानले ९९ हजार ४११ कित्ता, जुली चाचानले ४९ हजार ७०५ कित्ता, माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रालिले प्रतिकित्ता २०१ रुपैयाँमा ७६ हजार ८७८ कित्ता, महेन्द्र कुमार गोयलले प्रतिकित्ता १६३.९० रुपैयाँमा ८२ हजार ५९२ कित्ता, ज्योती कुमारी सरावगीले प्रतिकित्ता १६३.५० रुपैयाँमा २४ हजार ६०२ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
कम्पनीको सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
यदि ३५ दिनभित्र संस्थापकको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने छ।