काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत पाँच अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयका अनुसार उक्त ट्रेजरी २०८२ भदौं ५ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि माघ २७ गते कार्यालयले १९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment