काठमाडौं : अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको नाम छोटो सूची (सर्टलिष्ट) प्रकाशन गरेको छ।
अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिएका १२ जनामध्ये पाँच जनाको नाम प्रकाशन गरेको हो । समितिका अनुसार कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझालाई अन्तर्वार्तामा बोलाएको छ।
सर्टलिष्टमा परेका पाँचै जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताका लागि फागुन १० गते २ बजे अर्थमन्त्रालयमा बोलाइएको छ ।
छोटो सूचीमा परेका रेग्मी प्राधिकरणमा निर्देशक पदमा कार्यरत छन् भने चापागाईं साविक बीमा समितिका पूर्वअध्यक्ष हुन् ।
त्यस्तै बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् भने रामशरण पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् । पुडासैनी कृषि विकास बैंकको अध्यक्ष समेत हुन् । यस्तै, ओझा अध्यापन गराउँछन् ।
Advertisment