Below Menu
Below Menu

डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने 

डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने 

काठमाडौं : डेनमार्कको डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने त्यस पश्चात साट्न नपाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । 

सोमवार नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात कानुनी ग्राह्यता खारेज गरेका डेनिस क्रोनर नोटहरू यही फागुन मसान्त (सन् २०२५ मार्च १३) पश्चात सटही नगर्ने जनाएको हो ।

राष्ट्र बैंकले डेनिस क्रोनर नोट भएका व्यक्तिहरूले फागुन मसान्तभित्र राष्ट्र बैंकको बैंकिङ विभाग, प्रदेशका कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट तोकिएको समयमा साट्न भन्दै सूचनामा उल्लेख गरेको छ । राष्ट्र बैंकले फागुन मसान्त पश्चात डेनिस क्रोनर नोट सटही गर्न सम्बन्धित निकाय बाध्य नहुने पनि बताएको छ । 

कानुनी ग्राह्यता खारेज गरिएका बैंकनोटहरु सम्बन्धी बिस्तृत जानकारी डेनमार्कको केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध रहेको पनि राष्ट्र बैंकले जानकारी दिएको छ । 

Advertisment

थप समाचार