काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास सम्भव भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको जलविद्युत आयोजना: लगानी शेयर व्यवस्थापन र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा आईपिओमा लगानीगर्दा जोखिम देखिएपनि नियमनगरी शेयर खोल्नु पर्ने बताए।
विद्युत प्राधिकरणले १२ हजारको विद्युत खरिद विक्री सम्झौता (पिपिए) गरेको बताएका छन्। हाल ३५ सय मेगावाटका आयोजना सञ्चालन भएपनि हिउँदमा ११ सय मेगावाट मात्रै उत्पादन भएको छ।
२८ हजार ५०० मेगावाट विद्युत पुर्याउनको लागि विद्युत प्राधिकरणले अझै पिपिए खोल्ने पक्षमा रहेको बताए।
‘हाल पिपिए भएका सबै परियोजना निर्माणको चरणमा गएका छैनन्,’ कार्यकारी निर्देशक घिसिङले भने,‘पिपिए गरी निर्माण नगर्ने तर नयाँ पिपिए गर्नुपर्ने माग राख्नु कति उचित हो ?’
प्राधिकरणसंग पिपिए सम्झौता गरी आयोजना ओगटेर मात्रै राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। नेपाल सरकारले भारतसंग सम्झौता गरेको क्रसबोर्डर प्रसारणलाइन सञ्चालन हुँदा भारतलाई आम्दानीको ग्यारेन्टी गरेको छ।
नेपाल विद्युत प्राधिकरण ७ खर्बको सम्पत्ति राखेर बसेको भन्दै सर्वसाधारणका लागि प्राथमिक शेयर खोल्ने चरणमा रहेको बताए। प्राधिकरणले २० प्रतिशत शेयर जारी गर्ने तयारी गरिरहेको बताए।
Advertisment