Below Menu
Below Menu

अपर मेवा खोला जलविद्युतको निर्माण अघि बढ्यो, तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

अपर मेवा खोला जलविद्युतको निर्माण अघि बढ्यो, तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं : ताप्लेजुङमा बन्न लागेको अपर मेवा खोला जलविद्युत् परियोजनाको काम अघि बढेको छ ।

कांग जलविद्युत कम्पनी लिमिटेडले बनाउन लागेको १७.८५ मेगावाटको कार्यालयको बुधबार कोटेश्वरमा नेपाली सेनाका पूर्वरथी फत्तेबहादुर लिम्बुले उद्घाटन गरेका छन्।

कार्यक्रममा कम्पनीका पदाधिकारी र लगानीकर्ताहरुको उपस्थिती थियो । कार्यक्रममा कम्पनीका परामर्शदाता समयाक इन्जिनियरिङका प्रतिनिधी सुरज श्रेष्ठले परियोजनाको बारेमा प्रस्तुतिकरण दिएका थिए।

कांग जलविद्युत् कम्पनी लिमिटेडका अध्यक्ष जय बहादुर लिम्बुले परियोजना समयमै सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे । उनले परियोजनामा धेरै स्थानियको लगानी भएको, आकर्षण परियोजना भएको र यसले भविष्यमा राम्रो प्रतिफल दिने भन्दै लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

लिम्बु ईङवा जलविद्युत परियोजनाका संस्थापक हुन् । उनकै नेतृत्वमा ताप्लेजुङमै ९.७ मेगावाट क्षमताको जलविद्युत् परियोजना सम्पन्न भइसकेको छ । कम्पनीमा एमडी रहेका इन्जिनियर गणेश सुब्बाको समेत जलविद्युत क्षेत्रमा लामो अनुभव छ । उनले २२.२ मेगावाटको हेवा खोला र फेमे खोला स्मल जलविद्युत परियोजनाको प्रोजेक्ट म्यानेजर भएर काम गरिसकेका छन् ।

अपर मेवा खोला जलविद्युत परियोजनाको पिपिए १५ सेप्टेम्बर २०२४ मै सम्पन्न भइसकेको छ । अहिले लगानीका जुटाउनको लागि कम्पनीले एनएमबी बैंकसँग छलफल गरिरहेको छ ।

परियोजना ३ वर्षभित्र सम्पन्न गर्ने र लागत प्रति मेगावाट २० करोड हुने कम्पनीका अध्यक्ष लिम्बुले बताए । कार्यक्रममा गैरआवासीय नेपाली लगानीकर्ताहरुको उपस्थिती थियो । साथै विभिन्न क्षेत्रबाट आएका लगानीकर्ताहरुले परियोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएका थिए ।

Advertisment

थप समाचार