Below Menu
Below Menu

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गरेको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६७ हजार ५०० कित्ता कर्मचारी र १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ । कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Advertisment

थप समाचार