Below Menu
Below Menu

१२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुँदै 

१२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुँदै 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार  १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र सात अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयका अनुसार २८ दिने  ट्रेजरी चैत १२ गत  र ३६४ दिने ट्रेजरी बिल २०८२ फागुन १२ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि फागुन ४ गते कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार