काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका ११ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्रीमा राखेको छ।
लघुवित्तका अनुसार संगिता खेतानले आफ्नो नाममा रहेको ४ हजार ५०८ कित्ता, कोपिला राईले १ लाख कित्ता, गुप्तलाल मण्डल राजबंशीले २५ हजार कित्ता, संजय कुमार श्रेष्ठले ६० हजार कित्ता, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ७४ हजार १०६ कित्ता, राम प्रसाद दाहालले ९ हजार ९ सय कित्ता सेयर बिक्रीमा राखेका हुन्।
यस्तै, ओमकार कृष्ण बजिमयले १ हजार ७२ कित्ता, शिशिर आचार्यले १ हजार ६३० कित्ता, सरोजा फुयलले ३० हजार कित्ता, गणेश प्रसाद आचार्यले २५ हजार कित्ता र जनु शर्माले ३० हजार कित्ता सेयर बिक्रीमा राखेको लघुवित्तले जनाएको छ।
लघुवित्तको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री गरिने लघुवित्तले जनाएको छ।
Advertisment