काठमाडौं : ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट गरेको हो।
कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८० लाख रुपैयाँबराबरको १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
सो शेयरमा ४८ हजार ३१२ जना आवेदकहरुले आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथा प्रक्रियामार्फत १८ हजार जना आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ।
Advertisment