Below Menu
Below Menu

खाद्यपदार्थ मस्यौराको स्वच्छता तथा गुणस्तर मापदण्ड स्वीकृत

खाद्यपदार्थ मस्यौराको स्वच्छता तथा गुणस्तर मापदण्ड स्वीकृत

काठमाडौं : स्थानीय परम्परागत मौलिक खाद्य पदार्थ मस्यौराको स्वच्छता तथा गुणस्तर मापदण्ड स्वीकृत भएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ५ बमोजिम ‘खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति’ को आइतबारको बैठकमा मस्यौराको गुणस्तर मापदण्ड स्वीकृत गरी सरकारलाई सिफारिस गर्ने निर्णय भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । 

समितिका अध्यक्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि विकास) डा गोविन्दप्रसाद शर्माको अध्यक्ष्यतामा बसेको समितिको तेस्रो पूर्ण बैठकले प्राप्त राय तथा सुझाव समेटी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ७ बमोजिम ‘रोल्ड ओट्स’को स्वच्छता एवं गुणस्तर मापदण्डलाई छलफलसहित परिमार्जनसमेत गरेको उनले बताए । मापदण्ड परिमार्जनसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत नेपाल सरकारमा सिफारिस गर्ने निर्णय भएको महर्जनले सुनाए । 

Advertisment

थप समाचार