काठमाडौं : हालसम्म १० बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पाँच जीवन बीमा र पाँच निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।
जीवन बीमा कम्पनीतर्फ न्यूनतम १० प्रतिशतदेखि अधिकत २८.४१ प्रतिशत लाभांश घोषणा वितरण गर्ने घोषणा गरेका छन् ।
जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले गत आवको मुनाफाबाट २६.९८४१ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि १.४२०२ प्रतिशत नगद गरी कुल २८.४०४३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
त्यस्तै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १.२४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कुल ९.२४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई करसहित २१.०५ नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै सूर्यज्योति लाइफले गत वर्षको मुनाफाबाट करसहित २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ११.०५ प्रतिशत नगद लाभांश रहेको छ ।
निर्जीवन बीमा तर्फ
निर्जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म पाँच कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । लाभांश घोषणा गरेका कम्पनीहरुले बोनसलाई भन्दा नगदलाई बढी जोड दिएका छन् ।
हिमालन एभरेष्टले गत आवको मुनाफाबाट ८.७५ प्रतिशत करसहितको नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै आईजीआई प्रुडेन्सियलले ९.७३६८ प्रतिशत र सिद्धार्थ प्रिमियरले ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
त्यसैगरी गत आवको मुनाफाबाट सानिमा जिआईसी इन्स्योरेन्सले ७.५ प्रतिशत बोनस र सोको कर प्रयोजनका ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
गत आवको मुनाफाबा शिखर इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
Advertisment