Below Menu
Below Menu

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा योजना (रेगुलर) मा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म र सावधिक  जीवन बीमा (एकल) योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ६५ रुपैयाँसम्म बोनस दिने भएको छ । 

त्यस्तै त्रिपल सावधिक बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म र सावधिक तथा आजिवन योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदे ि७० रुपैयाँसम्म बोनसदर रहेको छ । 

कम्पनीले वार्षिक अग्रिम भुक्तानी योजनामा न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि २१ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यस्तै मुद्दति सुरक्षण बीमा योजना–नियमित शुल्कमा सम्पूर्ण अवधिका लागि न्युनतम २४ रुपैयाँ, र मुद्दति सुरक्षण बीमा योजना–एकल शुल्कमा न्युनतम ५४ रुपैयाँ बोनसदर रहेको छ । 

नयाँ बोनसदर अनुसार १५ वर्षे भुक्तानी योजनामा सम्पूर्ण अवधिका लागि न्युनतम ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँ र सामुहिक सावधिक योजनामा १९ रुपैयाँ बोनसदर कायम भएको छ । 

कम्पनीले सावधिक तथा आजिवन योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम प्रतिहजार ४५ रुपैयाँसम्म, सावधिक योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनस दिने भएको छ । 

कम्पनीले सिमित भुक्तानी सावधिक योजनामा प्रतिहजार ४० रुपैयाँदेखि ६५ रुपैयाँसम्म र बाल सावधिक योजनामा न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि ३४ रुपैयाँसम्म बोनस दिने भएको छ ।

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।

Advertisment

थप समाचार