Below Menu

साढे आठ अर्बले बढ्यो जीवन बीमा कम्पनीको व्यापार, ९५ अर्ब बढी बीमाशुल्क संकलन  

साढे आठ अर्बले बढ्यो जीवन बीमा कम्पनीको व्यापार, ९५ अर्ब बढी बीमाशुल्क संकलन  

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उलेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको सात महिनामा कम्पनीहरुले झण्डै साढे ९५ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार माघ मसान्तसम्म कम्पनीहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड ३४ लाख ७ हजार ४८ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका ह्ुन् । 

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ९.७९ प्रतिशत अर्थात आठ अर्ब ५० करोड ३८ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले एक करोड ३७ लाख ७३ हजार ३१५ बीमालेख बिक्री गरी ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए ।  

गत पुसको तुलनामा माघमा कम्पनीहरुले १४ अर्ब ७६ करोड ३६ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । गत माघ मात्र कम्पनीहरुले ४ लाख २८ हजार २१४ बीमा लेख जारी उक्त रकम बराबरको बीमाशुल्क कमाएका छन् । 

यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार माघ मसान्तसम्म कम्पनीले १८ लाख ४६ हजार ७२ बीमालेख बिक्री गरी २६ अर्ब ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ७५ हजार ७६५ बीमालेख जारी गरी तीन अर्ब ९२ करोड ५८ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

त्यस्तै नेशनल लाइफले ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँको व्यापार गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशनले ११ अर्ब १७ करोड ९ लाख हजार रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यसैगरी माघ मसान्तसम्म मेट लाइफले तीन अर्ब ३७ करोड ५२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै एशियन लाइफले पाँच अर्ब ७ करोड ८७ लाख, आईएमई लाइफले दुई अर्ब ९० करोड ८२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा आइपुग्दा सन नेपाल लाइफले दुई अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने रिलायबल नेपाल लाइफले दुई अर्ब ७९ करोड २५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले तीन अर्ब ९८ करोड ४७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै सूर्यज्योति लाइफले ५ अर्ब ९५ करोडको २२ लाख र सानिमा रिलायन्स लाइफले तीन अर्ब ८० करोड ९६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । 

प्राधिकरणका अनुसार चालु आवको माघ मसान्तसम्म हिमालयन लाइफले नौं अर्ब ९० करोड रुपैयाँ बीमाशुल्क उठाएको छ भने प्रभु महालक्ष्मी लाइफले दुई अर्ब ८५ करोड ८९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

लघुबीमाको व्यापार साढे ६२ करोड 

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । माघ मसान्तसम्म कम्पनीहरुले सात लाख ४६ हजार ८०० बीमालेख जारी गरी ६२ करोड ५२ लाख ३५ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले २४ करोड ५१ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले २२ करोड ८४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १५ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
 

थप समाचार