काठमडौं : नेपाल राष्ट्र बैंकले बैंकहरुबीच कर्जा लगानी खरिद बिक्री गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
उक्त व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जालाई अर्को वित्तीय संस्था मार्फत व्यवस्थापन गर्न एक आपसमा खरिद/बिक्री गर्न सक्नेछन् ।
सुरुवातमा कर्जा प्रवाह गर्ने संस्थाले नै ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गर्ने गरी गरिएको खरिद/बिक्रीमा ग्राहकको सहमति आवश्यक नपर्ने राष्ट्र बैंकले जनाएकाे छ ।
नयाँ व्यवस्था अनुसार यसरी रि पर्चेच एरेन्जमेन्ट अनुसार कर्जा खरिद बिक्री गर्दा सो कर्जा बराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेख जनाउनुपर्नेछ ।
उक्त खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले मात्र तोकिएको क्षेत्रमा प्रवाहित कर्जाको रुपमा गणना गर्न पाइने राष्ट्र बैंकले जनाएकाे छ ।
Advertisment