Below Menu
Below Menu

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के-के भयो नीतिगत परिवर्तन?

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के-के भयो नीतिगत परिवर्तन?

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेकाे छ।

त्यस्तै व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरेको छ । 

त्यसैगरी असल कर्जाको विद्यमान १.१० प्रतिशतकोकर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिएको छ । केन्द्रीय बैंकले नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत पुर्याएको छ।

 

 

Advertisment

थप समाचार