Below Menu
Below Menu

भोलिदेखि ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री, ब्याजदर कति ? 

भोलिदेखि ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री, ब्याजदर कति ? 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ५ वर्षे अवधिको ‘वैदेशिक रोजगार बचतपत्र २०८६’ जारी गर्ने जनाएको हो ।

कार्यालयका अनुसार उक्त बचतपत्र वैदेशिक रोजगारीमा रहेका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू र आफ्ना आफन्तका नाममा खरिद गर्न सक्नेछन् । बचतपत्र लागि खरिदकर्ताले फागुन १५ गतेदेखि चैत १५ गतेसम्म (ढिलोमा) आवेदन दिन सक्नेछन् । 

बिहिबार निष्कासन गर्न लागेको उक्त बचतपत्रको साँवा र ब्याज भुक्तानी २०८६ चैत १८ गते हुनेछ । वार्षिक ८.५ प्रतिशत ब्याज तोकिएको उक्त बचतपत्र खरिदकर्तालाई ६/६ महिनामा निजको बैंक खातामा ब्याज भुक्तानी गरिने कार्यालयले जनाएको छ । 

इच्छुक व्यक्तिले घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकबराबर खरिद गर्न सक्नेछन् । 

साथै, यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र जुनसुकै बेला दोस्रो बजारमाफृत खरिदबिक्रीसमेत गर्न सकिने कार्यालयले जनाएको छ ।


 

Advertisment

थप समाचार