Below Menu
Below Menu

तीन अर्बको नागरिक बचतपत्र निष्कासन हुँदै, वार्षिक ७ प्रतिशत ब्याज पाइने 

तीन अर्बको नागरिक बचतपत्र निष्कासन हुँदै, वार्षिक ७ प्रतिशत ब्याज पाइने 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ५ वर्षे अवधिको  ‘नागरिक बचतपत्र–२०८६’ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो। 

कार्यालयका अनुसार उक्त बचतपत्र नेपाली तथा गैरआवासीय नेपाली नागरिकले समेत खरिद गर्न सक्नेछन् । बचतपत्रका लागि खरिदकर्ताले फागुन १५ गतेदेखि चैत गतेसम्म आवेदन दिन सक्नेछन् । ढिलोमा चैत १८ गतेसम्म निष्कासनमा रहने छ । 

बिहिबार निष्कासन गर्न लागेको उक्त ऋणपत्रको साँवा र ब्याज भुक्तानी २०८६ चैत १८ गते हुनेछ । वार्षिक ७ प्रतिशत ब्याज तोकिएको उक्त बचतपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने कार्यालयले जनाएको छ ।

उक्त बचतपत्रको खरिदको सिमा लागि घटीमा १० हजार बढीमा कुल निष्कासित रकमको १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा रहेको छ । 

Advertisment

थप समाचार