Below Menu
Below Menu

सहकारी सुदृढीकरणका लागि खेम बहादुर पाठकको देशव्यापी अभियान  

सहकारी सुदृढीकरणका लागि खेम बहादुर पाठकको देशव्यापी अभियान  

काठमाडौं : नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारीमा सुशासन स्थापित गर्न र वर्तमान अवस्थामा सहकारीलाई सहि बाटोमा अगाडि बढाउन सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारी जिम्मेवार हुनुपर्ने बताएका छन् ।

मोरङको उर्लावारीमा १६ वटा कृषि सहकारी संस्थाहरुका सञ्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी र कर्मचारी गरी २ सय ४० जना भन्दा बढिको सहभागितामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष पाठकले सहकारी संस्था सुधारका लागि सबैभन्दा पहिले सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरु जिम्मेवार हुनुपर्नेमा जोड दिए।

उनले केन्द्रीय नेतृत्व पनि संस्था सुधारका लागि जिम्मेवार हुने भन्दै सबै केन्द्रीय संघहरुले आ-आफ्नो सञ्जालमा रहेका संस्थाहरुलाई बिग्रन नदिन आफै नेतृत्व अगाडि बढ्नुपर्ने बताए । समस्या आएपछि होइन, समस्या आउनै नदिने गरी देशभर अभियान चलाउनुपर्ने भन्दै उनले साना किसान र समान प्रकृतिका कृषि सहकारी संस्थाहरुमा आफू र आफ्नो नेतृत्वमा चलेको अभियानले सकारात्मक नतिजा हासिल गर्न सकिएको बताए।

सहकारी संस्थामा बाह्य असर पर्न नदिने गरी संस्थाहरुलाई बलियो बनाउने, सुशासन र सुद्धृढिकरणमा समेत ध्यान दिने गरी संस्थाका सबै जिम्मेवार पदाधिकारीहरु सजग हुन उनले आव्हान समेत गरेका छन् । 

अध्यक्ष पाठक आफै देशभरका कृषि सहकारी संस्थाहरुमा वर्तमान अवस्थामा देखिएको बाह्य असर नपरोस् र संस्थाहरुमा सुशासन स्थापित भई सहज ढंगबाट संस्था सञ्चालन हुनुपर्छ भन्ने उद्घोषका साथ यस प्रकारको प्रशिक्षण कार्यक्रम लिएर पुग्ने गरेका छन् ।

यसैगरी कार्यक्रममा पारिवारीक खेती कार्यक्रमको महत्व, आवश्यकता र यसको सकारात्मक प्रभावका बारेमा समेत अध्यक्ष पाठकले प्रशिक्षण गरेका थिए। उनले कृषि उत्पादन बढाउन र आफ्ना लागि आफै उत्पादन गर्ने परिपाटीको विकास गर्न पारिवारीक खेतीले सहयोग पुग्ने भन्दै विश्वभर अभियानका रुपमा सञ्चालन भईरहेको पारिवारीक खेती कार्यक्रमलाई नेपालले पनि अगाडि बढाइरहेकोले यसमा जोडिन सबैलाई अनुरोध गरे ।

यसैगरी कार्यक्रममा किसानहरु आफै प्रवद्र्धक र आफै उपभोक्ता हुनेगरी सञ्चालन भईरहेको किसान नेट र यसले संस्था र सदस्यहरुलाई पुग्ने सहयोगका बारेमा समेत अध्यक्ष पाठकले जानकारी गराएका थिए ।

किसानहरुको आफ्नै नेट ‘किसान नेट’को प्रयोगकर्ता मात्र नभई प्रयोग गर्नसाथै प्रवद्र्धक समेत हुने व्यवस्थाले किसानहरुका लागि यस नेटले कार्य गर्न सहज गर्नुका लागि अपनत्व वृद्धिमा समेत सहयोग गरिरहेको भन्दै उनले सबैलाई किसान नेटको प्रयोगकर्ता बन्न अनुरोध गरेका थिए।

Advertisment

थप समाचार