Below Menu
Below Menu

ऋणात्मक वृद्धि रहेका उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रले अझै गति सकेन: राष्ट्र बैंक 

ऋणात्मक वृद्धि रहेका उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रले अझै गति सकेन: राष्ट्र बैंक 

काठमाडौं : राष्ट्र बैंकले विगत २ वर्षदेखि ऋणात्मक वृद्धि रहेको उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रले अझै गति लिन नसकेको उल्लेख गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत राष्ट्र बैंकले देशको आन्तरिक आर्थिक तथा वित्तीय स्थितिको परिदृश्य यस्तो रहेको जनाएको हो । 

राष्ट्र बैंकका अनुसार जलविद्युत उत्पादनमा भने वृद्धि हुँदै गएको छ। वैदेशिक व्यापारमा भएको विस्तार र पर्यटन क्षेत्रमा देखिएको सुधारले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने देखिएको छ। 

यसका साथैनिजी क्षेत्रको लगानी अभिवृद्धिका लागि नेपाल सरकारले हालै गरेका कानुनी सुधारहरुकोकार्यान्वयनबाट लगानीको वातावरणमा सुधार आउने विश्वास गरिएको राष्ट्र बैंकको भनाई छ। 

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धि ३.४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्थिक वृद्धि ३.६ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षको पुस मसान्तसम्म धान उत्पादन ४.०४ प्रतिशतले बढेको अनुमान छ। 

चालु आर्थिक वर्षको तेस्रो र चौथो त्रयमासमा पूर्वाधार विकास लगायतका सार्वजनिक एवम्निजी निर्माणले थप गति लिएमा विगत २ वर्षदेखि संकुचनमा रहेका निर्माण र उत्पादनमूलक उद्योगजस्ता कुल गार्हस्थ्य उत्पादनका उपक्षेत्रमा सुधार आउने अनुमान छ। 

आर्थिक वर्ष २०८१/८२ को ६ महिनासम्मको कर्जा प्रवाह विश्लेषण गर्दासमेत आर्थिक गतिविधि विस्तारको क्रममा रहेको अनुमान छ 

चालु आर्थिक वर्षको ६ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट औद्योगिक उत्पादन क्षेत्रतर्फ ८.४ प्रतिशत (६८ अर्ब ४१ करोड), उपभोग्य क्षेत्रतर्फ ५.८ प्रतिशत (५८ अर्ब ४० करोड), थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ ४.८ प्रतिशत (४८ अर्ब ३४ करोड) र निर्माण क्षेत्रतर्फ ७.७ प्रतिशत (१५ अर्ब ९४ करोड) ले कर्जा विस्तार भएको छ। 

वाह्य क्षेत्रका परिसूचकहरुले आर्थिक गतिविधिमा सुधार हुँदै गएको संकेत गरेका छन् । विगत तीन वर्षदेखि सुस्त रहेको वाह्य व्यापार चालु आर्थिक वर्षमा विस्तारोन्मुख रहेको छ।

आर्थिक वर्ष २०८१/८२ को ७ महिनासम्ममा वस्तु निर्यात ४६.५ प्रतिशतले र वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भएको छ । वस्तु निर्याततर्फ मुख्यगरी सोयाविन तेल, पोलिस्टर धागो, ऊनी गलैंचा, लत्ताकपडा र अलैंचीको निर्यात उल्लेख्य वृद्धि भएको छ।

अन्तिम उपभोग्य वस्तुको तुलनामा मध्यवर्ती तथा पूँजीगत वस्तुहरु जस्तै सवारी साधन तथा पार्टपुर्जा, अन्य मेशीनरी तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, स्पोन्ज आइरन आदिको आयात वृद्धि भएकोले समेत आर्थिक क्रियाकलाप विस्तारले गति लिने अनुमान छ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा भएको वृद्धिका कारण विप्रेषण आप्रवाह बढ्नेअनुमान रहेतापनि बढ्दो आयातसँगैविदेशी विनिमय सञ्चिति क्रमश: उपयोग हुँदै जाने देखिन्छ।

विदेशी विनिमय सञ्चितिको विद्यमान स्रोत तथा खर्चका क्षेत्रहरुको विश्लेषणका आधारमा चालु आर्थिक वर्षको बाँकी अवधिमा पनि शोधनान्तर बचत कायम रहने अनुमान छ।

Advertisment

थप समाचार