Below Menu
Below Menu

पाथीभरा आन्दोलनमा भएको दमनविरुद्ध उत्रिन राजेन्द्र महतोको आब्हान

पाथीभरा आन्दोलनमा भएको दमनविरुद्ध उत्रिन राजेन्द्र महतोको आब्हान

काठमाडौं : राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गरिएको छ । विहीवार पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

सम्मेलनमा अध्यक्ष महतोले मुकुम्लुङ (पाथीभरा) संघर्षमा  राज्यद्धारा दमन, अन्याय विरुद्ध संघर्षमार्फत प्रतिरोध गर्न आव्हान गरेका छन् । 

उनले सरकारबाट स्थानीय राई, लिम्बु समूदायहरुमाथि जातीय संहार गरेर मानव अपराध गरेको बताए । 

उनले भने,‘मुकुम्लुङ (पाथीभरा) संघर्षको आन्दोनलमा मुकुम्लुङ बचाउ पद यात्रा पश्चात फागुन ८, ९ र १० गते  राज्यद्वारा गरिएको निर्मम दमनले लिम्बुहरुमाथिको जातीय संहार अर्थात मानव विरुद्धको अपराध सावित भएको छ ।

प्रहरीको ज्यादती प्रतिकार, आन्दोलनकारीमाथिको व्यवहार, झुटा मुद्दा, घरघरमा धरपकट, बेरोजगारीले राज्यको एकल नीति उजागर गर्दछ । भूमी रक्षक लिम्बुवान जनताहरु शान्तिपूर्ण प्रतिरोध गर्नुलाई अपराध करार गरेर झुटा मुद्दा चलाउने र तर्साउने काम निरन्तर भइरहेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल यस्तो अन्याय, दमन विरुद्ध घोर भर्सना गर्दै आन्दोलनकारीको तत्काल रिहाई र प्रहरी प्रमुखमाथि कारवाही एवम सरकारको निरङकुसताविरुद्ध संघर्षमा आउन सम्पूर्ण न्यायप्रेमी नेपाली जनतलाई आव्हान गर्दछौ ।’ 

अध्यक्ष महतोले राज्यको चरित्रमाथि प्रश्न उठाउँदै देशलाई एकल चिन्तन सोचबाट चलाउने प्रयास गरिएको बताए।   

Advertisment

थप समाचार