Below Menu
Below Menu

आईपीओ निष्कासनको प्रस्तावसहित अकामा होटलले बोलायो विशेष साधारणसभा 

आईपीओ निष्कासनको प्रस्तावसहित अकामा होटलले बोलायो विशेष साधारणसभा 

काठमाडौं : अकामा होटल लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ जारी गर्ने भएको छ । होटलको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठक आईपीओ निष्कासनको प्रस्तावसहित चैत ३ गते विशेष वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही, काठमाडौंमा बिहान ११ः३० बजे बस्नेछ । सभाले कम्पनी ऐनअनुसार अंकित मूल्य परिवर्तन गर्ने, सर्वसाधारण शेयर जारी गर्ने र सो सम्बन्धी कार्यका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Advertisment

थप समाचार