Below Menu
Below Menu

राष्ट्रिय प्रसाारण लाइनमा जोडियो १२ मेगावाटको सुपर काबेली जलविद्युत आयोजना 

राष्ट्रिय प्रसाारण लाइनमा जोडियो १२ मेगावाटको सुपर काबेली जलविद्युत आयोजना 

काठमाडौं : सुपर काबेली जलविद्युत आयोजना (१२ मे.वा)को विद्युत राष्ट्रिय प्रसारण लाइन (ग्रिड) मा जोडिएको छ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका अवस्थित काबेली नदीबाट उत्पादित १२ मेगावाटको जलविद्युत बिहिबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

हिलटन हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनाको निर्माण सम्पन्न भएसँगै परिक्षण् गरी बिजुली पाँचथरको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

पाँचथरको ओथम्मादेखि हिलिहाङ गाउँपालिकाको अमरपुरस्थित नेपाल विद्युत प्राधिकरणको १३२ केभी प्रसारण क्षमताको सबस्टेन मार्फत आयोजनाबाट उत्पादिन बिजुली ग्रिडमा जोडिएको  हो । 

आयोजनाको बाँध, सुरुङ, विद्युत गृह, प्रसारणलाइन, स्विचार्ड लगायतका संरचनाको परीक्षण गरिएको दुई दिन पछि उत्पादन सुरु गरी प्रसारण लाइनमा जोडिएको हो । 

२०८१ चैत १० गतेभित्र निर्माण सम्पन्न् गर्ने गरी २०७९ पुस २५ बाट सुरु भएको आयोजना एक महिनाअगावै सकिएको हो । आयोजनाको कुल लागत २ अर्ब १४ करोड ३८ लाख रहेको छ ।

प्रवद्र्धन कम्पनी हिलटन हाइड्रो इनर्जी लिमिटेडसँगै एनएमबि बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैङ्कको लगानी रहेको आयोजनाले जनाएको छ । जसमा ७५ प्रतिशत लगानी एनएबी बैंकको रहेको छ । 

आयोजनाको विद्युतगृह (पावर हाउस) सिरिजंघा गाउँपालिका– ६ को मामाङ्खे र  वडा ७ खेबाङको सिमाना ओथम्मामा छ । 

Advertisment

थप समाचार