Below Menu
Below Menu

आजदेखि तीन अर्बको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक 

आजदेखि तीन अर्बको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक 

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले आज (फागुन १८ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा तीन अर्ब रुपैयाँ बराबरको ३० लाख ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट र ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा जारी गर्नेछ । 

बैंकले सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बैंकले १० वर्षे अवधिको ७।५० प्रतिशत ब्याजदरको  ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्काशन गर्न लागेको हो। 

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। बैंकको ऋणपत्र फागुन २१ गतेसम्म बिक्रीमा रहने छ भने ढिलोमा चैत ३ गतेसम्म लम्बिनेछ । 

उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि आस्वा र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। बैंकले उक्त ऋणपत्र निष्कासनका लागि गत साउन २ गते बोर्डमा निवेदन दिएको थियो । 

Advertisment

थप समाचार