काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चैत ११ गते साधारण सभा बोलाएको छ । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले मर्जर प्रस्तावसहित साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारसभा प्रयोजनका लागि बैंकले फागुन २९ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार फागुन २८ गतेसम्म कायम शेयरधनीले बैंकको साधारणसभामा भाग लिन पाउने छन् ।
Advertisment