Below Menu
Below Menu

ट्रेजरी बिलमार्फत १६ अर्ब रुपैयाँ बढीको आन्तरिक ऋण उठाउँदै सरकार 

ट्रेजरी बिलमार्फत १६ अर्ब रुपैयाँ बढीको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १६ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने र पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिन अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने पाँच अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । 

कार्यालयका अनुसार ९१ दिने ट्रेजरी २०८२ जेठ २१ गे, १८२ दिने ट्रेजरी २०८२ भदौ १७ गते र ३६४ दिने ट्रेजरी बिल २०८२ फागुन १९ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि फागुन ११ गते कार्यालयले १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार