काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ४६.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १४ अर्ब २५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ९७ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा हिमालयन डिष्ट्रिलरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सिन्धु विकास बैंक रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment