काठमाडौं : सन् २०२५ को फेब्रुअरीमा ९६ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका यस अवधिमा विभिन्न देशका ९६ हजार ८८० विदेशी पर्यटक नेपाल आएका हुन् ।
बोर्डका अनुसार उक्त संख्या सन् २०२४ को सोहि अवधिको तुलनामा भने सामान्य रुपमा कम बढी हो । गत वर्षको फेब्रुअरीमा ९७ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
यद्यपी गत जनवरी महिनाको तुलनामा भने पर्यटक आगमन बढेको छ । जनवरीमा ७९ हजार ९९१ जना विदेशी पर्यटन नेपाल भित्रिएका थिए भने उक्त संख्या २१.११ प्रतिशत अर्थात १६ हजार ८८९ जनाले बढी हो ।

बोर्डका अनुसार सन् २०२४ को फेब्रुअरीमा ९६ हजार ८८० जना, सन् २०२३ मा ९९ हजार ४२६ जना, सन् २०२२ मा ४५ हजार १५२ जना, सन् २०२१ मा ९ हजार २६६ जना, सन् २०२० मा ९८ हजार १९० जना र सन् २०१९ मा एक लाख २ हजार ४२३ जना पर्यटक भित्रिएका थिए ।
सन् २०२५ को फेब्रुअरीमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट १९ हजार १८७ जना नेपाल आएका हुन् । जुन कुल आवागमनको १९.८ प्रतिशत हो ।
त्यस्तै सोही अवधिमा चीनबाट आठ हजार २३२ जना, अमेरिकी पर्यटक १० हजार ३८४ जना, बेलायतबाट ५ हजार ५७ जना, बंगलादेशबाट ४ हजार ८७४ जना पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी फेब्रुअरीमा अष्ट्रेलियाबाट तीन हजार ७३७ जना, कोरियाबाट दुई हजार ७७९ जना, थाइल्याण्डबाट ५ हजार ६०९ जना, श्रीलंकाबाट चार हजार ३७० जना र म्यानमारबाट ३ हजार १४९ विदेशी पर्यटक नेपाल आएको पर्यटन बोडले जनाएको छ ।
Advertisment