Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा पुगेको हो । सोमबार नेप्से १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ४१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब ९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सिन्धु विकास बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार