काठमाडौं : लक्ष्मी सनराइज बैंकले सवा १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १० लाख २४ हजार ६८५ कित्ता शेयर बैंककका विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
बैंकको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले फागुन २१ गतेबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तीसार काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।
Advertisment