काठमाडौं : नेपाल राष्ट्र बैंकले मार्च १७ देखि (चैत ४ गतेदेखि १०) सम्म ग्लोबल मनी वीक २०२५ मनाउने भएको छ ।
बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ अर्गनाइएजेशन अफ इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्ट (ओईसीडी)को संजोजनमा सन् २०१२ देपख हरेक वर्ष ग्लोबल मनी वीक विश्वभर मनाइँदै आएको छ ।
यसै सन्दर्भमा राष्ट्र बैंकले यस वर्ष ‘थिंक विफोर यु फलो, विश मनी टुमरो’ भन्ने नाराका साथ ग्लोबल मनी वीकको १३ औं श्रृखंला मनाउन लागेको हो । यो विश्वव्यापी व्त्तिीय चेतनामुलक अभियान हालसम्म १७६ मुलुकमा ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।
नेपालमा यस वर्ष पनि राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भुमिका निर्वाह गर्दै ग्लोबल मनी वीक मनाउन लागिएको हो । उक्त कार्यक्रममा वित्तीय प्रणालीमा आवद्ध संस्थाहरुको सक्रियता रहने छ ।
यसका अतिरिक्त विभिन्न गैर बैंकिङ संस्था र अन्य सरोकारवाला संघसंस्थाहरु पनि यस अभियानमा आवद्ध हुन सक्ने भएकाले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशिल सम्पूर्ण संघ संस्था र निकायहरुलाई यस अभियानमा सहभागी भई ग्लोबल मनी वीक भव्य रुपमा मनाउन आह्वान गर्दै आफ्ना कार्यक्रमहरुको जानकारी उपलब्ध गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।
Advertisment