Below Menu
Below Menu

४.७१ प्रतिशत ब्याजदरमै सरकारले उठायो पौने दुई खर्ब आन्तरिक ऋण 

४.७१ प्रतिशत ब्याजदरमै सरकारले उठायो पौने दुई खर्ब आन्तरिक ऋण 

काठमाडौं : सरकारले चालू आर्थिक वर्षको फागुन २२ गतेसम्ममा पौने दुई खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंक मार्फत सरकारले औसत ४.७१ प्रतिशतको ब्याजदरमा नै कूल एक खर्ब ८२ अर्ब १० करोड रुपैयाँ ऋण उठाएको हो ।

सरकारले यस अवधिमा १९ पटक गरी ३ वर्षदेखि ११ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको आन्त्रिक ऋण उठाएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिदै गएको छ । बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण उठाएको हो । 
 
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा ६७ खर्ब ३८ अर्ब रुपैयाँ तरलता थुप्रिएको छ भने कर्जा लगानी छ४ खबर्् ५० अर्ब रुपैयाँ रहेको छ । 

Advertisment

थप समाचार