Below Menu
Below Menu

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा  सार्वजनिक गरेको छ । महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरुमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो ।  

यस योजनाले महिलाहरुलाई उद्यमी भई व्यवसाय संचालन गर्न प्रोत्साहित गर्नेछ । 

महिलाहरुले नेतृत्व गरेको कृषि, उत्पादन, प्रसोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्रथमिकता दिइ कर्जा प्रदान गर्नेछ ।

यस योजनाअन्तर्गत आकर्षक सुबिधाहरु सहित न्यूनतम् ब्याजदरमा महिला उद्यमीहरुलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ । 

महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उहाँहरुकै नेतृत्वमा व्यवसाय संचालन भएका व्यवसायहरु मात्र यस कर्जाका लागी योग्य हुनेछ । यो कर्जा योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिंदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ ।
 

Advertisment

थप समाचार