काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे १८ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
कार्यालयका अनुसार२८ दिने ट्रेजरी चैत २६ गते, ९१ दिने ट्रेजरी २०८२ जेठ २७ गते र ३६४ दिने ट्रेजरी बिल २०८२ फागुन २६ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि फागुन १८ गते कार्यालयले १६ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment