Below Menu
Below Menu

बैंक तथा वित्तीय संस्थाको नाफा साढे ३९ अर्ब, छ बैंक पुगेनन् अर्ब क्लबमा 

बैंक तथा वित्तीय संस्थाको नाफा साढे ३९ अर्ब, छ बैंक पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाले साढे ३९ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ३९ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाएका हुन् । 

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ९८ करोड ७ लाख रुपैयाँले बढी हो । गत वर्षको माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको नाफा ३८ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार युस अवधिमा वाणिज्य बैंकहरुको नाफा ३६ अर्ब ६ करोड, विकास बैंकहरुको नाफा तीन अर्ब ४४ करोड र फाइनान्सहरुको नाफा २८ करोड रुपैयाँ रहेको छ । 

५७ करोडले बढ्यो वाणिज्य बैंकको नाफा 

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ मसान्तसम्म ३६ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ५७ करोड ६ लाख रुपैयाँले बढी हो । गत वर्षको माघ मसान्तसम्म बैंकहरुले ३५ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । माघ मसान्तसम्म बैंकले चार अर्ब एक करोड ११ रुपैयाँ नाफा कमाएको हो । 

एक अर्बमाथि नाफा कमाउने १४ बैंक 

सार्वजनिक तथ्यांक अनुसार चालु आवको माघ मसान्तसम्म नबिलसहित दश बैंकले एक अर्ब भन्दाबढी नाफा कमाएका छन् । 
ग्लोेबल आईएमईले चालु आवको माघ मसान्तसम्म तीन अर्ब ८९ करोड पाँच लाख रुपैयाँ नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन अर्ब ४३ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ ।

माघ मसान्तसम्म प्राइम कमर्सियलले दुई अर्ब १८ करोड २३ लाख, एनएमबि बैंकले दुई अर्ब ३४ करोड ४९ लाख, प्रभु बैंकले एक अर्ब ८३ करोड ४६ लाख, स्ट्याण्डर्ड चार्टडर्डले एक अर्ब ८३ करोड ८५ लाख र नेपाल एसबिआईले एक अर्ब ९ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ । 

चालु आवको सात महिनामा यस अवधिमा एभरेष्ट बैंकले यस अवधिमा दुई अर्ब ५७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ भने लक्ष्मी सनराइजले एक अर्ब ५८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । 

राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म नेपाल बैंकले दुई अर्ब ४५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब २३ करोड ८६ लाख रुपैयाँ, हिमालयन बैंकले एक अर्ब ४७ करोड २४ लाख र सानिमा बैंकले एक अर्ब ३७ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ ।

अर्ब क्लबमा पुगेनन् छ बैंक 

राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म आइपुग्दा १० बैंकहरुको नाफा एक अर्ब भन्दा माथि रहेको छ भने अन्य बैंकहरुको नाफा करोडमा खुम्चिएको छ । यस अवधिमा एनआईसी एशियाले ४६ करोड ४७ लाख नाफा कमाएको छ । 

त्यस्तै माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख, सिटिजन इन्टरनेशनल बैंकले ९० करोड २६ लाख, कुमारीले ७३ करोड ८६ लाख रुपैयाँ र कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका छन् । 


 

Advertisment

थप समाचार