Below Menu
Below Menu

एनएमबि बैंकको सिईओमा गोबिन्द घिमिरे नियुक्त, सिनियर डीसीईओमा सुदेश उपाध्यायको बढुवा 

एनएमबि बैंकको सिईओमा गोबिन्द घिमिरे नियुक्त, सिनियर डीसीईओमा सुदेश उपाध्यायको बढुवा 

काठमाडौं : एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गोबिन्द घिमिरे नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकको निर्णय अनुसार २०८२ साल बैशाख १० गते देखि लागु हुने गरी क्रमशः बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका गोबिन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत पदमा ४ बर्ष अवधिका लागि नियुक्त गर्ने निर्णय गरेको हो । 

यसका साथै सो बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक “बैंक अफदिइयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisment

थप समाचार