Below Menu
Below Menu

रोकिएन शेयर बजारको पहिरो, परिसूचक र कारोबार दुवै घट्यो

रोकिएन शेयर बजारको पहिरो, परिसूचक र कारोबार दुवै घट्यो

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.७८ अंकले घटेर २७५१.४२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ४३.३३ अंकले घटेर २७७२.१० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ४४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब ३७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १० अर्ब नौ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ७३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ। आज उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतले घटेको छ। 

Advertisment

थप समाचार