Below Menu
Below Menu

सात महिनामा भित्रियो नौं सय अर्ब रेमिट्यान्स, साढे दुई लाखले लिए अन्तिम श्रम स्वीकृति 

सात महिनामा भित्रियो नौं सय अर्ब रेमिट्यान्स, साढे दुई लाखले लिए अन्तिम श्रम स्वीकृति 

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा नौं खर्ब रुपैयाँ रेमिट्यानस भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

माघ मसान्तसम्म आइपुग्दा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई रु.९०० अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.९८५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९१० अर्ब ७७ करोड रहेको थियो । 

चालु आवको सात महिनामावैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ०४५ रहेको थियो ।
 

Advertisment

थप समाचार