Below Menu
Below Menu

सरकारको कुल खर्च साढे सात अर्ब, यस्तो छ देशको वित्तीय स्थिति 

सरकारको कुल खर्च साढे सात अर्ब, यस्तो छ देशको वित्तीय स्थिति 

काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा सरकारको कुल खर्च साढे सात अर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो । 

Sponsored Advertisement

अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपाल सरकारको कुल खर्च ७ खर्ब ५४ अर्ब ८५ करोड रहेकोछ । 

यस अवधिमा चालु खर्च ५ खर्ब २२ अर्ब ६३ करोड, पुँजीगत खर्च रु.६८ अर्ब ४२ करोड र वित्तीय व्यवस्था खर्च रु.१६३ अर्ब ८१ करोड रहेको छ । 
माघ मसान्तसम्म सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ६ खर्ब ४२ अर्ब ८५ करोड पुगेकोछ । यस अन्तर्गत कर राजस्व ५ खर्ब ६५ अर्ब ६४ करोड र गैर कर राजस्व ७७ अर्ब २१ करोड परिचालन भएको छ । 

यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ । आयात १०.१ प्रतिशतले र निर्यात ४६.५ प्रतिशतले बढेको छ । 
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.३ प्रतिशतले र अमेरिकी डलरमा ५.३ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । 

कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड पुगेकोछ । विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.१ प्रतिशतले बढेको छ । 

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.८ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशत रहेको छ ।

Sponsored Advertisment