काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले बैंकको ६.५० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार बैंकको ६१ लाख २९ हजार १६५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment