Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, आठ अर्ब २३ करोडको कारोबार 

दोहोरो अंकले सुधारियो शेयर बजार, आठ अर्ब २३ करोडको कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.३८ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३२.२१ अंकले घटेर २७१९.२० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १४६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा आठ अर्ब २३ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा आठ अर्ब ३९ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज माछापुच्छ्रे बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८१ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा पिपुल्स हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.७९ प्रतिशतले बढेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार