Below Menu
Below Menu

सरकारले ४.७२ प्रतिशत ब्याजदरमै उठायो एक खर्ब ८७ अर्ब बढी आन्तरिक ऋण 

सरकारले ४.७२ प्रतिशत ब्याजदरमै उठायो एक खर्ब ८७ अर्ब बढी आन्तरिक ऋण 

काठमाडौं : सरकारले चालू आर्थिक वर्षको फागुन २८ गतेसम्ममा पौने दुई खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंक मार्फत सरकारले औसत ४.७२ प्रतिशतको ब्याजदरमा नै कूल एक खर्ब ८७ अर्ब १० करोड रुपैयाँ ऋण उठाएको हो ।

सरकारले यस अवधिमा २० पटक गरी ३ वर्षदेखि ११ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको आन्त्रिक ऋण उठाएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिदै गएको छ । बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण उठाएको हो । 
 
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा ६७ खर्ब ५५ अर्ब रुपैयाँ तरलता थुप्रिएको छ भने कर्जा लगानी ५४ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । 

Advertisment

थप समाचार