Below Menu
Below Menu

ओम मेगाश्रीको आईपीओ भर्नुभयो ? आज अन्तिम दिन

ओम मेगाश्रीको आईपीओ भर्नुभयो ? आज अन्तिम दिन

काठमाडौं : ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

फागुन २७ गतेदेखि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई बिक्री गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो ।

Advertisment

थप समाचार