Below Menu
Below Menu

उपदान तथा पेन्सन कोषको सवा एक अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

उपदान तथा पेन्सन कोषको सवा एक अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको सवा एक अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषको एक अर्ब १५ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

कोषको उक्त रकम चैत १० गतेदेखि २०८२ चैत ९ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ९२ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १७ करोड २५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा पाँच करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो । 

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी चैत ६ गते दिउँसो ३ बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
 

Advertisment

थप समाचार