Below Menu
Below Menu

ट्रेजरीमार्फत सवा १८ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाँउदै सरकार

ट्रेजरीमार्फत सवा १८ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाँउदै सरकार

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत सवा १८ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने र चार अर्ब ३० करोड रुपैयाँ बराबरको १८२ दिने र नौं अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

कार्यालयका अनुसार ९१ दिने ट्रेजरी २०८२ असार ३गते, १८२ दिने ट्रेजरी २०८२ भदौं ३१ गते र ३६४ दिने ट्रेजरी बिल २०८२ चैत ३ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि फागुन २५ गते कार्यालयले १८ अर्ब ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार