‘एमबैंक’ मोबाइल बैंकिङ प्ल्याटफर्ममार्फत सबै क्यूआर नेटवर्कमा भुक्तानी गर्न सकिने

‘एमबैंक’ मोबाइल बैंकिङ प्ल्याटफर्ममार्फत सबै क्यूआर नेटवर्कमा भुक्तानी गर्न सकिने

काठमाडौं : एमबैंक मोबाइल बैंकिङ प्ल्याटफर्ममार्फत नेपालको सबै क्यूआर नेटवर्कमा भुक्तानी गर्न सकिने भएको छ। एकबैंकले आईतवारबाट क्यूआर नेटवर्कहरु फोनपे, नेपाल पे र स्मार्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको हो । 

Sponsored Advertisement

अब एमबैंक मोबाइल बैंकिङ प्रयोग गर्ने सहकारीका सदस्यहरुले सबै क्यूआर नेटवर्कमा रकम भुक्तानी गर्न सकिने एकबैंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले जानकारी दिए ।

यो सेवा सहकारी क्षेत्रमा एकदमै नयाँ, एकदमै सुरक्षित र एकदमै आश्चर्यजन रहेको महासेठको भनाई छ।

एमबैंकको मोबाइल बैंकिङ सेवा लिने सहकारी देशभर पाँच सयभन्दा बढी छ। एम बैंक सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै डिजिटल कारोबारको सेवा उपलब्ध गराउने नेपालको अग्रणी आईटी कम्पनी हो । सहकारीको क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने र सेवा दिनेमा एम बैंक अगाडि छ।
 

थप समाचार